प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादी

 

प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादी



बुटवल — इलाका प्रहरी कार्यालयले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । 






इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुरु मुद्दाका २८ र पुरक जाहेरीका थप १४ जना गरी ४२ जनालाई मुद्दा चलाउने रायसहितको प्रतिवेदन शुक्रबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाइएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं । प्रतिवेदन अध्ययन सुरु भएको छ,’ उनले भने, ‘पुरक जाहेरीमा उल्लेख भएका रबी लामिछाने, छविलाल जोशीसहित गोर्खा मिडिया नेटवर्कलगायत गितेन्द्रबाबु राईसँग पनि जोडिएका विभिन्न ११ कम्पनी र त्यसमा संलग्न व्यक्तिलाई प्रतिवादी बनाउन सुझाव दिएका छौं ।’ थप अनुसन्धान र अध्ययन अब सरकारी वकिल कार्यालयबाटै हुने उनले बताए ।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी कास्कीबाट बिहीबार धरौटीमा रिहा भएपछि रूपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।



Comments