स्पर्शको संसार









कल्पना र कल्पनाभन्दा बाहिर
जीवन र जीवनको सार्थकताबाट पर
वात्सल्य र ममताभन्दा माथि
परिभाषा र स्वीकारोक्तिभन्दा पर
मनको केन्द्र छाम्न सक्नु
शायद स्वीकार्य प्रेम हो ।

सत्य र सत्यताको शक्ति
मादक र मादकताको तत्त्व वस्तु
शून्य र शून्यताको पराकाष्ठा
जीवन र जीवनका स्रष्टा
यिनैलाई हृदयङ्गम गर्दै लीन हुनु
शायद भक्तिको अन्तिम बिन्दु हो ।
(सृष्टि नै साध्य र माध्यम, पृ. ३५)


Comments