समाचार तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

                                                                    समाचार

तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते   

पुस २३, २०८१

 





काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । सिन्ह्वाका अनुसार ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।










मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।



Comments