कठ्याङ्ग्रीदो चिसोमा भूकम्प पीडितको विचल्ली
कठ्याङ्ग्रीदो चिसोमा भूकम्प पीडितको विचल्ली
"रुकुम पश्चिमका २ हजार पीडितले पहिलो किस्ता पनि पाएनन "

रुकुम पश्चिम । जाजरकोट भूकम्प को एक वर्ष बढी पुग्यो तर पीडित अझैंसम्म पनि अस्थायी आवास मै बस्न बाध्य छन्। भूकम्पपीडित चैतको गर्मी, असारको वर्षात र पुस माघ को चिसोमा कठ्याङ्ग्रिनु उनीहरु लाई बाध्यता बनेको छ । भूकम्प पछी निर्माण हुने अस्थायी आवास समेत निर्माण नहुँदा पीडितहरु कठ्याङ्ग्रीदो चिसोमा दिन काट्न बाध्य छन्। चिसो बढेसँगै जाजरकोट, रुकुम पश्चिम र सल्यानका भुकम्प पिडितको विचल्ली भएको छ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिदा बिचल्ली भएका हुन् । सरकारले ल्याएको कार्यविधि अनुसार अस्थायी आवासका लागि पाईने पहिलो र दोस्रो किस्ता वातपको ५० हजार रुपैयाँ नपाउँदा पीडितलाई समस्या थपिएको छ । जाजरकोट भूकम्प बाट प्रभावित रुकुम पश्चिम , सल्यान र जाजरकोटका वासिन्दा अझैपनी अस्थायी आवासमा बसिरहेका छन्। भने केहि पीडितले त अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता समेत पाउन सकेका छैन्।
Comments
Post a Comment