आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु

 आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।


काठमाडौँ- नेपालमा केहीबेर अघि महसुस भएको भूकम्प ७ म्याग्निच्युड रहेको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार चीनको दिंगे कान्टी केन्द्र रहेको जनाएको छ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो। यसको धक्का नेपालसहित चीन, भारत र भुटानमा महसुस भएको छ ।

Comments