मेरो पहिलो पोखरा को भ्रमण यात्रा नवीन जैसी/दाङ् मेरा कलेज का सिनियर दाइ दिदी र साथिहरुसँग पोखरा भ्रमण का लागि हामि मिस सहिद 36 जना जति गयको थियो l

 

मेरो पहिलो पोखरा को भ्रमण यात्रा नवीन जैसी/दाङ्

मेरा कलेज का सिनियर दाइ दिदी र साथिहरुसँग पोखरा भ्रमण का लागि हामि मिस सहिद 36 जना जति गयको थियो l

जानुभन्दा एकदिन पहिला हामिले आफ्नो सामान तयार गरेर राखेको थियो । र सब हामी अर्को दिनको धेरै नै प्रतीक्षा गरिरहेकी थियो।

 

नवीन जैसी/दाङ्

भोलि पल्ट साझ को ४ बजे बस जान्छ भन्ने सुनेको थिए । तर बस भने बेलुकीको लगभग 8 बजे तिर आयो तर पनि हामी निरास थियनौ किनभने पोखरा जाने खुसिले । बस नआउन्जेल सम्म हामी गित सुनेर बसिम गीतको नाम थियो । मेरोदिल छ पोखरामा हुन पनि हो । हामी पोखरा जाने भनेर धेरै खुसी थियम । एक छिन त बस ढिलो गरेर हामी धेरै निरास भएको थियो । साझ को 8 बजेर 45 मिनेटमा पनि बस हिड्यो र सबैखुसी थिय र बस मा होहल्ला गर्दै रमैलो गर्दै हामी लमही पुगिम र तेहादेखी सबै थाकिसकेका थिए र सबै तेहा बाट निदाइसकेका थिए । हमिले साझ को खाना चैहामिले ----------खायौं र हामी खाना खाइसकेपछि फेरि बसमा चढेर आफ्नो यात्रा कायम गर्यौं। हामी पोखरा पुगेपछि होटल sweet inn पुग्यौं र फ्रेस भयौं। र हामीले तेहि नास्ता खायर । हामी बिहानै फेवा तालमा डुंगा चढेर तालबाराहीमा दर्शन गर्यौं। त्यसपछि भने हामी डेविड्स फल्स घुम्न गयौं। मैले धेरै तस्विर पनि खिचेँ। मलाई धेरै रमाइलो लाग्यो। मलाई सबै भन्दा रमाइलो ठाउँ पोखरा नै लाग्यो किनभने अरू ठाउभन्दा भिन्न रहेछ। हामी ले दिउँसो को खाना तेहि sweet inn मा खायौं ।

 

धवलागिरि र अन्नपूर्ण आरोहणका ... धवलागिरि र अन्नपूर्ण आरोहणका ... धवलागिरि र अन्नपूर्ण आरोहणका ...

तेहा हामिले अन्नपूर्ण र धवलागिरि गजले निहाल्न सकिने रहेछ । सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण पनि रहेछ फेवाताल ।यस तालमा माछापुच्छे हिमालको अद्भूत दृश्य देख्न पाइने रहेछ । विदेशबाट थुप्रै पर्यटक पोखरा आउँने रहेछ्न र हामिले नि देखिउ । पोखरा एकपटक आइसकेकाले प्राय: भन्ने गर्छन, वाह पोखरा ! आहा पोखरा ! गज्जब पोखरा !!! तर एकपटक पनि पोखरा नआउनु भएकाहरुको जिज्ञासा रहन्छ, कस्तो छ पोखरा के साँच्चै पोखरा स्वर्गको टुक्रा जस्तै छ त ? पोखरा भम्रण गर्ने पहिलो विदेशी इकाई कावागुचीले आफ्नो पुस्तक थ्रि इयर्स इन टिबेटभन्ने पुस्तकमा हिमालको मेरो ठाउँको यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य देखेँ, त्यस्तो स्वर्ग जस्तो दृश्य अन्यत्र कहीँ पनि देखिनँभनि लेखेका छन् । जापानी भिक्षु कावागुची सन् १८९९ मा पोखरा हुँदै तिव्वत गएका थिए ।

 

 

 

 

हिमालको शहर

गण्डकी प्रदेशको राजधानी शहर पोखरा मूलतः हिमाल र तालको शहर पनि भनिने रहेछ । विश्वमै ८ हजार मिटर अग्ला ८ मध्ये ३ वटा गण्डकी प्रदेशमा पर्नेरहेछन । अन्नपूर्ण, धौलागिरी र मनास्लु ती तीन हिमाल हुन् । अन्नको पूर्ण जस्तो माना, पाथी, धानको राश जस्ता श्रृंखला मिलेर बनेको अन्नपूर्ण हिमाल यसको प्रमुख विशेषता हो । यो पूर्व पश्चिम लामो रेञ्जमा लमतन्न परेर सुतेजस्तो कलात्मक पनि देखिन्छ ।  अन्नपूर्ण नै पहिलो ८ हजार मिटर अग्लो हिमाल हो, जसमा विश्वमै पहिलोचोटि हिमाल आरोहणको इतिहास रचियो । फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्णको शिखरमा मानव पाइला टेकेका थिए । यो टेकाई नै विश्व हल्लाउने एउटा साहसिक र अविश्वसनीय घटना थियो । हिमालमाथि मानव विजयको रुपमा यसलाई व्याख्या गरियो । यही घटना नेपाल र पोखरालाई विश्व समुदायमा चिनाउने एउटा गेट वेको रुपमा चित्रित भयो । किनकि हर्जोगले दी अन्नपूर्णभन्ने किताव लेखे । जुन सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । जसले यो क्षेत्रलाई विश्वजनिन् बनायो ।

 

माछाको पुच्छर’ को नाम कसरी भयो ।

 -यसको टुप्पा माछाको पुच्छरजस्तो कलात्मक आकारमा देखिने रहेछ । त्यही कारण यसको नाम नै माछापुछे रहन गएको होरे ।

 

विदेशी पर्यटकको आगमनपछि भने यसलाई अंग्रेजीकरण गरी फिस्टेल भन्न थालियो स्थानीयले भन्छन। आकाश खुलेको दिन, बिहानीको सूर्यको किरण परी टलक्क टल्कँदा यसलाई हेर्नुको स्वर्गीय आनन्दानुभूति बेग्लै हुन्छ । माछापुछे हिमालको टुप्पोलाई मात्र सुक्ष्म ढंगले नियाल्ने हो भने त्यहा पूर्वतिर मुख फर्काएर लमतन्न परेर सुतिरहेको बाघ आकार पनि देखिने रहेछ । यो पनि यसको अर्को आकर्षण हो ।संसारको सुन्दर तालहरुमध्ये यो १३ औं स्थानमा पर्दछ । पोखरा उपत्यकाको पश्चिम दक्षिण खोंचमा अवस्थित फेवाताल नेपालको दोस्रो ठूलो ताल पनि रहेछ ।

 

 

डेभिडफल

 

-छउत्तरतर्फ एउटा आकर्षक छाँगो रहेछ, जुन डेभिडफलको रुपमा चर्चित छ । पीडादायी कथा बोकेको यो छाँगो हेर्दा मान्छेले एकै साथ आनन्द र अचम्मको अनुभूति गर्छन् ।र हामिलाइ नि आनन्द आयो । हामिले तेहा केही फोतो हरु खिचिम । घटनाअनुसार वि.सं. २०१८ साउन १५ गते त्यो छाँगोभन्दा केही माथि स्वीस दम्पत्ति खोलामा नुहाउँदै गरेका थिए रे। अचानक फेवा बाँधतिरबाट आएको बाढीले श्रीमती डेभीलाई बगायो र छाँगोमा परी उनको मृत्यु भयो रे । हेर्दाहेदै आफ्नी श्रीमती छाँगोमा बेपता भएपछि पत्नी वियोगले छट्पटिएका ती स्वीस पर्यटक रुँदै घर फर्किएका पनि थियरे । भनिन्छ त्यही समयदेखि त्यसलाई डेभिड फल्सभन्न थालियो होरे। छाँगो करीब एक सय मिटर भूमिगत गहिरो पनि हामिले देखिम । त्यसको पानी भूमिगतरुपमै एक किलोमिटर दक्षिण फुस्रे खोलामा पुगेर मिसिन्छ । फेवातालको पानी नै छाँगोको मुहान हो । स्थानीयहरुले यसलाईं पाताले छाँगोभन्छन् । वि.. २०३१ सालमा तत्कालीन रानी ऐश्वर्यले पोखरा बसाईको क्रममा भ्रमण गरेपछि यो नेपाली नाम सुझाइएको पनि होरे ।

 

 

 

गुफाहरुको शहर पनि रहेछ ।

पोखरा गुफाहरुको पनि शहर हो । यहाँ चर्चित महेन्द्र गुफादेखि चमेरे गुफा , क्रेजी केभ, गुप्तेश्वर महादेव गुफा लगायतका आकर्षक गुफाहरु रहेका छन् ।

1.महेन्द्रगुफा

2.चमेरे गुफा

3.गुप्तेश्वर गुफा

 

1.महेन्द्रगुफा: यो प्राकृतिक गुफा पोखरा१६ बाटुलेचौरमा अवस्थित पनि छ । यो १२५ मिटर लामो गुफामा भित्रसम्म मज्जाले जान पनि सकिन्छ । यो गुफाभित्र बिजुलीको सुविधा भएकाले टर्च लानु पर्दैन । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेकाले यसको नामै महेन्द्र गुफा राखियोको रहेछ । यो गुफा पिकनिक स्पटको लागि पनि चर्चित रहेछ।

 

 

 2.चमेरे गुफा: गुफामा चमेराको गुँड धेरै नै भएकाले  यो गुफा चमेरे गुफाको नामले परिचित छ । गुफामा पसेर माथि हेर्ने हो भने चमेराहरु तुर्लुङ्ग झुण्डिएर बसेका भेटिन्छन् ।र हामिले नि 2,3 ओटा जत्ती देखिम । यो महेन्द्र गुफाबाट ७०० मिटर पश्चिममा पर्छ । यो १५० मिटर लामो पनि छ ।

 

3.गुप्तेश्वर गुफा : पाताले छाँगोको ठिक बाटो पारि (दक्षिण) पट्टि गुप्तेश्वर गुफा अवस्थित छ । यो पोखरा१७ छोरेपाटनमा पर्दछ । गुफाकै छेउँमा अहिले गुप्तेश्वर महादेव मन्दिर निर्माण गरी गुफाको संरक्षण गरिएको छ भने धार्मिक पर्यटनको लागि गुफाभित्र  आकर्षक गन्तव्यको रुपमा विकास गरिएको पनि छ ।

 

सराङकोट

 समुन्द्र सतहबाट १६ सय मिटर उचाईमा अवस्थित सराङकोट लामो रेञ्जका हिम श्रृंखलाको दृश्यावलोकन गर्न र सूर्यास्त÷सूर्योदयको भर्भराउँदो दृश्य हेर्नका लागि चर्चित छ । उसो त त्यहाँ निर्मित टावरले यसलाई अझ आकर्षण पैदा गरेको छ । अहिले त्यहाँ ठूलो महादेव मन्दिर निर्माण भैसकेको छ भने सुविधासम्पन्न होटलहरु धमाधम बन्दैछन् ।


 

 

अनि मलाई भन्र मन लाग्छ ।

 वाह पोखरा, आहा पोखरा, गज्जब पोखरा

 नवीन जैसी/दाङ् धन्यवाद ।

Comments