एआई नियमन गर्न आधा दर्जन नयाँ संस्था प्रस्ताव
एआई नियमन गर्न आधा दर्जन नयाँ संस्था प्रस्ताव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय–सुझावका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा मंगलबार सार्वजनिक गरेको हो । त्यसमा एआईको विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न र एआईसम्बन्धी कानुनी संरचना तयार गर्न ‘एआई नियमन परिषद्’ गठनको प्रस्ताव गरिएको छ । परिषद्मा सञ्चारमन्त्री अध्यक्ष र राष्ट्रिय एआई केन्द्रका प्रमुख सदस्य सचिव रहने मस्यौदामा उल्लेख छ ।

मस्यौदा नीतिको परिच्छेद २ अन्तर्गत नीति ७.१ मा एआईको ‘इकोसिस्टम’ निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गरिने उल्लेख छ । नीति ९.९ मा नियमन परिषद् गठन गर्ने र ९.१० मा एआईसम्बन्धी मुख्य निकायका रूपमा राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने मस्यौदामा उल्लेख छ ।
९.११ मा प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य गर्ने संयन्त्र निर्माण गर्ने तथा ९.१२ मा ‘संघ र प्रादेशिकस्तरका विश्वविद्यालय र अध्ययन तथा अनुसन्धान गर्ने निकायमा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि एआई एक्सिलेन्स सेन्टर स्थापना गर्न प्रोत्साहन गर्ने’ भनिएको छ ।
वर्गीकृत विज्ञापन
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor
सम्पर्क: 9841206019मस्यौदाको नीति ९.३० मा शैक्षिक संस्था, उद्योग, निजी र सरकारी निकायसँगको सहकार्यमा ‘एआई इन्क्युबेसन हब’ व्यवस्था गर्ने उल्लेख छ । परिच्छेद ३ अन्तर्गत नीति १०.१ मा एआई नियमन परिषद्को गठन, सदस्य, सचिवालय, परिषद्को काम, कर्तव्य र अधिकारबारे उल्लेख छ ।
Comments
Post a Comment