अमेरिकाबाट ६ वर्षमा फर्काइए ३ सय ८९ नेपाली
अमेरिकाबाट ६ वर्षमा फर्काइए ३ सय ८९ नेपाली

आईसीईका अनुसार सीमा पार गरेर अमेरिका प्रवेश गरेकामध्ये बसोबासका लागि कुनै पनि कागजात नभएका उनीहरुलाई पक्राउ गरेर फर्काएको थियो । आईसीईको तथ्यांकमा सन् २०१९ मा १ सय ६२ जना, २०२० मा ९७ जना, २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जनालाई नेपाल फर्काइएको उल्लेख छ । सन् २०२५ मा १ हजार ३ सय ६५ नेपालीलाई फर्काइने सूचीमा राखिएको तथ्यांक यसअघि नै आईसीईले सार्वजनिक गरिसकेको छ ।

आईसीईका अनुसार गैरकानुनी ढंगले सीमा पार गरेर अमेरिका प्रवेश गरेका र उनीहरूले बसोबासका लागि कुनै कागजात नपाएकाले नेपाल उनीहरूलाई पक्राउ गरेर सम्बन्धित देश फर्काइएको हो । ‘हामीले सीमा पार गरेर अमेरिकाभित्र प्रवेश गरेपछि बसोबासका लागि कुनै किसिमका कागजात नभएका र उनीहरूसँग आफ्नो देशको नागरिकता वा पासपोर्टसमेत नभएको अवस्थामा सोधपुछपछि डिपोर्टको प्रक्रिया अघि बढाइएको थियो,’ आईसीईको रिपोर्टमा भनिएको छ, ‘प्रक्रिया अघि बढाएको छोटो अवधिमै उनीहरूलाई सम्बन्धित देश फर्काइएको थियो ।’
नेपालीसँगै ६ वर्षको अवधिमा अमेरिकाबाट ९ लाख ९८ हजार ३ सय ३४ जना कागजातविहिन आप्रवासीलाई निष्कासन गरिएको तथ्यांकमा उल्लेख छ । यसवर्ष मात्र १४ लाख ४५ हजार ५ सय ४९ लाई निष्कासन गर्ने आईसीईको तयारी छ । आईसीईको बार्षिक रिपोर्ट अनुसार सन् २०१९ मा २ सय ६७ हजार २ सय ५८ जना २०२० मा १ लाख ८५ हजार ८ सय ८४ जना, २०२१ मा ५९ हजार ११ जना, २०२२ मा ७२ हजार १ सय ७७जना, २०२३ मा १ लाख ४२ हजार ५ सय ८० जना र २०२४ मा २ लाख ७१ हजार ४ सय ८४ लाई निष्कासन गरिएको थियो ।
वर्गीकृत विज्ञापन
भर्ना
सम्पर्क: 9851232328
हाम्रो विशेषताहरू :



Comments
Post a Comment