दाङ्ग घोराही , २३ फागुन आज मिति २०८०/११/२३ गतेको दिन हाम्रो यस क्लबका संस्थापक अध्यक्ष लियो गणेश नेपाल साथै हाम्रो लायन्स जिल्ला ३२५ एन नेपालको जिल्ला प्रमुख, लायन्स क्लब अफ राप्ती इन्जिनियरिङका संस्थापक अध्यक्ष तथा हाम्रो यस क्लबका लियो क्लब सल्लाहकार MJF लायन्स डा. भीमसेन गिरि ज्युको उपस्थितिमा अनलाईन बैठक सम्पन्न भएको छ।
दाङ्ग घोराही , २३ फागुन
आज मिति २०८०/११/२३ गतेको दिन हाम्रो यस क्लबका संस्थापक अध्यक्ष लियो गणेश नेपाल साथै हाम्रो लायन्स जिल्ला ३२५ एन नेपालको जिल्ला प्रमुख, लायन्स क्लब अफ राप्ती इन्जिनियरिङका संस्थापक अध्यक्ष तथा हाम्रो यस क्लबका लियो क्लब सल्लाहकार MJF लायन्स डा. भीमसेन गिरि ज्युको उपस्थितिमा अनलाईन बैठक सम्पन्न भएको छ।
प्रस्ताव नं. १: आगामी काउन्सिल बैठकको निर्णयआगामी काउन्सिल बैठकलाई व्यवस्थित रुपमा आयोजना गर्नका लागि अर्को महिना, चैत महिनामा पुनः पूर्ण बैठक हाम्रो कलेजमा बस्ने निर्णय गरिएको छ। साथै, लियो क्लब अफ दाङ तुलसीपुरसँग सहकार्य गर्दै काउन्सिल बैठकको आयोजना गरिनेछ।यस सम्बन्धमा थप निर्णय लिनका लागि चैत महिनाको पहिलो हप्तामा बैठक बस्नेछ। उक्त बैठकपछि लियो क्लब अफ दाङ तुलसीपुरसँग छलफल गरी काउन्सिल बैठकलाई अझ बढाउने विषयमा आवश्यक प्रक्रिया तय गरिनेछ।
प्रस्ताव नं. २: प्रशिक्षण तथा क्षेत्रीय प्रशिक्षण सम्बन्धी निर्णयआगामी चैत महिनामा हाम्रो क्लबले व्यक्तिगत रुपमा एउटा प्रशिक्षण वा फेलोशिप कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। साथै, हाम्रो क्षेत्रभित्र रहेका अन्य लियो क्लबहरुसँग सहकार्य गर्दै एक क्षेत्रीय स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।
प्रस्ताव नं. ३: विविधआगामी कार्यक्रमहरुमा हाम्रो क्लबको अवार्ड समारोह अन्तर्गत क्लब ड्यूस प्रदान गरेको सदस्यहरुलाई प्राथमिकता दिने निर्णय गरिएको छ।
उपस्थिति:
लियो गणेश नेपाल - चार्टर अध्यक्ष
एमजेएफ लायन्स डा. भीमसेन गिरि - जिल्ला प्रमुख तथा लियो क्लब सल्लाहकार
लियो मनोज कुमार शर्मा - प्रथम उपाध्यक्ष
लियो अमृत रावत - द्वितीय उपाध्यक्ष
लियो प्रेम प्रकाश दाहाल - क्लब सचिव
लियो मीना पाण्डे - क्लब कोषाध्यक्ष
लियो समीर नेपाल - कार्यक्रम संयोजक
श्रुजना सुबेदी - स्वास्थ्य निर्देशक
लियो नविन गौतम - मिडिया संयोजक
लियो विशाल खड्का - साधारण सदस्य
Comments
Post a Comment