अमेरिका बस्दै आएका युवा जिवराज केसीद्वारा दुर्वता बजु मन्दिर निर्माण

अमेरिका बस्दै आएका युवा जिवराज केसीद्वारा दुर्वता बजु मन्दिर निर्माण

 सायद मन्दिर  र 'सम्कनामा श्री दुर्बता बजू मनदिर सिरने- अमलाचीर रुकुम (पुर्व) स्थापना मिति २०८२/२/२८' भन्ने पाठ को फोटो हुनसक्छ

 

 

 हिमाल के सि 

सिस्ने, रुकुम पूर्व – सिस्ने गाउँपालिका–२ प्वाङ घर भई हाल अमेरिका बस्दै आउनुभएका युवा जिवराज केसीले आफ्नो पुर्खाको स्मृतिमा धार्मिक सेवा गर्दै उदाहरणीय कार्य गरेका छन्। उनले सिस्ने गाउँपालिका–४, अम्लाचौरमा रहेको दुर्वता बजु मन्दिर निर्माणमा व्यक्तिगत रूपमा रु ६ लाख लगानी गरेका छन्।  

 

यो मन्दिर स्वर्गीय हजुरबुवा देवीलाल केसीको सम्झनामा निर्माण गरिएको हो। जिवराज केसीले अमेरिका रहे पनि आफ्नो जन्मभूमिसँगको आत्मीय सम्बन्ध प्रकट गर्दै यस धार्मिक संरचना निर्माणमा योगदान गरेका हुन्।  

सायद ४ जना मानिसहरू  र मन्दिर को फोटो हुनसक्छ

स्थानीय बासिन्दाहरूले यस कार्यको प्रशंसा गर्दै, धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, यस्तो प्रकारका व्यक्तिगत लगानी र भावनात्मक समर्पणले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ।

सायद २ जना मानिसहरू, मुस्कुराइरहेका मानिसहरू, मन्दिर  र पाठ को फोटो हुनसक्छ

निर्माणकर्ता: जिवराज केसी 

ठेगाना: सिस्ने गाउँपालिका–४, अम्लाचौर 

लगानी: रु ६ लाख मन्दिरको 

नाम: दुर्वता बजु मन्दिर  

Comments