Leo Club of Rapti Engineering र Catiras Organization को सहकार्यमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

                   विश्व वातावरण दिवस २०८२

Leo Club of Rapti Engineering र Catiras Organization को सहकार्यमा  वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।


२०८२ जेठ २२ गते,  -विश्व वातावरण दिवसको अवसरमा श्री वी.पी. मेमोरियल माध्यमिक विद्यालय, बैजनाथ–४, बनियाभार, बाँके को आयोजनामा, Leo Club of Rapti Engineering र Catiras Organization को सहकार्यमा  वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।


यस कार्यक्रममा विद्यालयका छात्र–छात्राले केवल शैक्षिक क्रियाकलापमा मात्र नभई वातावरण संरक्षणप्रति समेत गहिरो समझदारी प्रदर्शन गरे। वृक्षारोपण जस्ता गतिविधिहरूले उनीहरूको सामाजिक र शैक्षिक विकासमा थप योगदान पुर्‍याएको छ।


कार्यक्रमको आयोजना गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन थारू र प्रधानाध्यापक रोम रेग्मीज्यूलाई धन्यवाद ज्ञापन गर्दछौं। साथै, हाम्रो क्लबसँग सहकार्य गर्ने अवसर प्रदान गर्नु भएकोमा क्लब अध्यक्ष Leo Ganesh Nepal ले हार्दिक आभार प्रकट गर्नुभयो।


सानो योगदानबाट पनि ठूलो परिवर्तन सम्भव छ।

हामी सबैलाई वातावरण संरक्षणमा अग्रसर हुन अनुरोध गर्दछौं। 🌿🌍


 

Comments